विश्व

भारतद्वारा पाकिस्तानमा आक्रमण, ९ आतंकवादी ठेगानामा निशाना, ३० को मृत्यु दाबी !

काठमाडौं । पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको दाबी भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि […]

भारतद्वारा पाकिस्तानमा आक्रमण, ९ आतंकवादी ठेगानामा निशाना, ३० को मृत्यु दाबी ! Read More »

भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले

भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी Read More »

ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने – ‘ट्रम्पसँगको विवाद राम्रो थिएन’

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद राम्रो थिएन’ भनी प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसमा चर्काचर्की गरेर हिँडेपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अझै पनि सम्बन्धलाई बचाउन सकिने भनी प्रतिक्रिया दिए । जेलेन्स्की ओभल अफिमा भएको असाधारण वार्तामा डोनाल्ड ट्रम्प र जेडी वेन्ससँग भिडेका थिए । उक्त टसलपछि उनलाई ह्वाइट हाउस छोड्न

ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने – ‘ट्रम्पसँगको विवाद राम्रो थिएन’ Read More »

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई मोदीको शुभकामना- जोशका साथ काम गर्नेमा विश्वस्त छु

काठमाडौं । भारतीय प्रधानमन्त्री नयाँदिल्लीकी नवनिर्वाचित मुख्यमन्त्री रेखा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई दिँदै भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि जोशका साथ काम गर्नुहुनेछ ।’ प्रधानमन्त्री मोदीले उनलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् ।  उनले भाजपा

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई मोदीको शुभकामना- जोशका साथ काम गर्नेमा विश्वस्त छु Read More »

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । बीबीसीका अनुसार

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो Read More »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ

काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ Read More »

ह्वाइटहाउसमा आज ट्रम्पको पदभार ग्रहण र बाइडेनको बिदाइ

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने

ह्वाइटहाउसमा आज ट्रम्पको पदभार ग्रहण र बाइडेनको बिदाइ Read More »

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

एजेन्सी । डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो। आइतबार टिकटकले अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो। अमेरिकी कानूनको आधारमा टिकटकले यस्तो कदम चाल्नुपरेको हो, जसले

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि चल्न थाल्यो टिकटक Read More »

जब २२ वर्षीय सांसदले विधेयक च्यातेर संसद्‌मै ‘हाका नाच्न’ थाल्छिन् !

एजेन्सी/वेलिङटन । सदनमा जब २२ वर्षीय एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ‘हाका नृत्य’ प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ । हाकाको तालले संसद् गुञ्जायमान बन्छ । अहिले त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ, यो दृश्य हो न्यूजील्याण्डको संसद्को । बिहीबार

जब २२ वर्षीय सांसदले विधेयक च्यातेर संसद्‌मै ‘हाका नाच्न’ थाल्छिन् ! Read More »

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले गरे आफूलाई विजेता घोषणा, श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद

वासिङ्टन । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् । फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले गरे आफूलाई विजेता घोषणा, श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद Read More »

Scroll to Top