अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले गरे आफूलाई विजेता घोषणा, श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद


वासिङ्टन । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् । फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’ उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’

ट्रम्पले श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद

योसँगै उनले आफ्नी कान्छी श्रीमती मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले मेलानियालाई अमेरिकाको प्रथम महिला पनि भने । ‘यो देशको नम्बर एक बेस्ट सेलर पुस्तक हो । (मेलानिया)ले उत्कृष्ट काम गरेकी छिन् । मानिसहरूलाई मद्दत गर्न उनले निकै मेहनत गर्छिन् ।’

ट्रम्पले मेलानियाले लेखेको पुस्तकको प्रशंसा गर्दै भनेका छन् । यसैबिच ट्रम्पले आफ्ना छोराछोरीलाई धन्यवाद दिएका छन् । कार्यकर्तालाई सम्बोधनका क्रममा मञ्चमा आफूसँगै उभिएका आफ्ना छोराछोरीको नाम लिएर ट्रम्पले उनीहरूको प्रशंसा गरे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top