मधेश

भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप !

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए । विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता […]

भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप ! Read More »

मधेश प्रदेश प्रमुखमाथि रास्वपाले उठायो प्रश्न, मुख्यमन्त्रीको शपथ अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि प्रश्न उठाएको छ । रास्वपाका प्रवक्ता मनीष झाले बिहान भएको मुख्यमन्त्रीको सपथ अस्वीकार्य भएको समेत बताएका छन् । ‘स्वास्थ समस्या छ, उपचारको लागि काठमाडौं जाँदैछु’ भनेर जनकपुरबाट राति अबेर हिडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको

मधेश प्रदेश प्रमुखमाथि रास्वपाले उठायो प्रश्न, मुख्यमन्त्रीको शपथ अस्वीकार Read More »

सप्तरीमा गोली चल्यो, एक जनाको मृत्यु

जनकपुरधाम । सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण

सप्तरीमा गोली चल्यो, एक जनाको मृत्यु Read More »

मधेशमा भारी वर्षा, किसानलाई राहत

काठमाडौं । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा

मधेशमा भारी वर्षा, किसानलाई राहत Read More »

सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानको दीर्घकालीन उपाय खोज्न मधेशवादी दलको माग

काठमाडौं । तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ । तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो । सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई

सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानको दीर्घकालीन उपाय खोज्न मधेशवादी दलको माग Read More »

सुक्खा क्षेत्र घोषणापछि मधेशमा अध्ययन टोली परिचालन गर्दै कृषि मन्त्रालय

काठमाडौं । मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली पठाउने भएको छ । हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको हो । टोली आइतबार उक्त क्षेत्र पुग्ने छ ।

सुक्खा क्षेत्र घोषणापछि मधेशमा अध्ययन टोली परिचालन गर्दै कृषि मन्त्रालय Read More »

मधेशको बजेटमा कर्मचारीले चलखेल गरेको जनमतको निष्कर्ष, छानबिन गर्दै

जनकपुरधाम । मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । काँग्रेसबाट अर्थ मन्त्री रहेका सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटको रेडबुक दशदिनपछि हिजो बुधबार सांसदहरुको हातमा परेको छ । यो रेडबुक जनमतका अध्यक्ष डा.सिके राउतले पढेपछि आफू पनि पीडित

मधेशको बजेटमा कर्मचारीले चलखेल गरेको जनमतको निष्कर्ष, छानबिन गर्दै Read More »

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै

रासस/महोत्तरी । तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज  जुडशीतल पर्व मनाउन लागिएको हो ।  विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ । वैशाख सङ्क्रान्तिका दिन सुरु

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै Read More »

मधेस केन्द्रित दलहरूले आज सात दलीय मोर्चा घोषणा गर्दै, आलोपालो नेतृत्व गर्ने सहमति

काठमाडौं । मधेस केन्द्रित दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल सहभागी रहने बताइएको छ । मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ । सात दलको मोर्चामा

मधेस केन्द्रित दलहरूले आज सात दलीय मोर्चा घोषणा गर्दै, आलोपालो नेतृत्व गर्ने सहमति Read More »

योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको बताएका छन् । मुख्यमन्त्री सिंहका अनुसार भेटमा रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने तथा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि

योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ Read More »

Scroll to Top