भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप !


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।

यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए । विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।

त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका छन् ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top