चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले दियो विदा


काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै चिसोको कारण सोमबारदेखि १ माघसम्म जाडो विदना दिने निर्णय भएको जनाएको छ ।

शिक्षा अधिकृत हरि राउतले हाल परीक्षा संचालन भइरहेको संस्थागत विद्यालयहरुको हकमा परीक्षा यथावत सञ्चालन गर्न निर्देशन दिएका छन् । केहीदिनदेखि चिसो बढ्दै गईरहेकोले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दे विदा दिइएको शैक्षिक प्रशासन महाशाखाले सूचनामा उल्लेख गरिएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top