राजनीति

थोत्रा र पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्नः बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् । ‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ […]

थोत्रा र पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्नः बाबुराम भट्टराई Read More »

आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने- फाइभस्टार होटलजस्तो छ !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् । मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’ केशर

आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने- फाइभस्टार होटलजस्तो छ ! Read More »

संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् ।  संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद्

संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा Read More »

सैनिक मञ्चमा संविधान दिवस !

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् । तर अघिल्ला वर्षहरु जस्तो अरू पूर्वप्रधानमन्त्रीहरु देखिएका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,

सैनिक मञ्चमा संविधान दिवस ! Read More »

कार्की क्याबिनेटका मन्त्रीहरुको शपथ साढे ११ बजे

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी

कार्की क्याबिनेटका मन्त्रीहरुको शपथ साढे ११ बजे Read More »

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण, शहीद घोषणा र १० लाख राहत !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण, शहीद घोषणा र १० लाख राहत ! Read More »

प्रधानमन्त्री कार्कीको शपथ समारोहमा सुमना श्रेष्ठ !

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बनेकी सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा.बाबुराम भट्टराई मात्रै सहभागी भएका थिए । सेनाकै नियन्त्रणमा रहेकाले शपथ समारोहमा अरु पूर्वप्रधानमन्त्रीहरू देखिएनन् । जेनजी आन्दोलनका कारण सिर्जित परिस्थितिका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै कार्कीको शपथ समारोहमा सहभागी थिएनन् । जबकि शीतलनिवासमा हुने शपथ समारोहमा निर्वतमान प्रधानमन्त्रीले आफू बसेको कुर्सीमा नवनियुक्त

प्रधानमन्त्री कार्कीको शपथ समारोहमा सुमना श्रेष्ठ ! Read More »

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन ! Read More »

बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका

बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं ! Read More »

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो जेनजीहरूले गरेको प्रदर्शनपछि आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । साथै, आज नै प्रमुख प्रतिपक्षी दलहरूको बैठक बोलाउने निर्णय पनि भएको छ । बैठकले देशभरका स्थानीय तहमा आज साँझ ५ बजे श्रद्धाञ्जली सभा गर्ने

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने Read More »

Scroll to Top