काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो जेनजीहरूले गरेको प्रदर्शनपछि आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, आज नै प्रमुख प्रतिपक्षी दलहरूको बैठक बोलाउने निर्णय पनि भएको छ ।
बैठकले देशभरका स्थानीय तहमा आज साँझ ५ बजे श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ । सोमबारको प्रदर्शनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न सरकारसँग माग गर्ने, निष्पक्ष न्यायिक समिति गठन गर्ने लगायतका निर्णय माओवादी केन्द्रले गरेको छ ।








