समाज

मौसम : काठमाडौंमा घाम लाग्यो, जनजीवन सामान्य

काठमाडौं । काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ । हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् । हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु, […]

मौसम : काठमाडौंमा घाम लाग्यो, जनजीवन सामान्य Read More »

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा Read More »

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार !

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ छन् । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार ! Read More »

रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको

रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार Read More »

देशमा निरिह छन् डक्टर : फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ !

काठमाडौं । डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् । उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत

देशमा निरिह छन् डक्टर : फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ ! Read More »

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय [पण्डित], आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै Read More »

आज १९ औं लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौं । आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन

आज १९ औं लोकतन्त्र दिवस : जनताले जितेको दिन Read More »

आजदेखि २०८२ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै !

काठमाडौं । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति

आजदेखि २०८२ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै ! Read More »

बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो । उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । आगलागीबाट उद्योगमा व्यापक क्षति पुगेको छ । आगलागीको कारण खुलेको छैन ।

बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा Read More »

दुई समुदायबीच झडप, वीरगञ्जमा कर्फ्यु लगाउनुपर्ने अवस्था !

काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी भएको छ ।अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको

दुई समुदायबीच झडप, वीरगञ्जमा कर्फ्यु लगाउनुपर्ने अवस्था ! Read More »

Scroll to Top