राजनीति

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ […]

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा Read More »

रास्वपा प्रवेश गर्दै डा. अमरेश कुमार सिंह !

काठमाडौं । डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन् । उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् । यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा

रास्वपा प्रवेश गर्दै डा. अमरेश कुमार सिंह ! Read More »

नेपाली कांग्रेसको गगन-विश्व समूहलाई निर्वाचन आयोगको मान्यता, देउवा पक्षले निर्णय नमान्ने

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको

नेपाली कांग्रेसको गगन-विश्व समूहलाई निर्वाचन आयोगको मान्यता, देउवा पक्षले निर्णय नमान्ने Read More »

अन्ततः गगन थापा बने नेपाली काँग्रेसका सभापति !

काठमाडौँ | कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा बुधबार नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको छ । पार्टी उपसभापतिमा विश्वप्रकाश

अन्ततः गगन थापा बने नेपाली काँग्रेसका सभापति ! Read More »

झापा ५ मा ओली विरुद्ध बालेन शाहको तयारी !

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरेका छन्। आइतबार ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका हुन्। ‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी

झापा ५ मा ओली विरुद्ध बालेन शाहको तयारी ! Read More »

बालेन पछि कुलमानको आगमनसँगै थप मजबुत बन्यो रविको रास्वपा !

काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि

बालेन पछि कुलमानको आगमनसँगै थप मजबुत बन्यो रविको रास्वपा ! Read More »

अन्ततः रवि बालेनको ऐतिहासिक मिलन ! ७ बुँदे सम्झौतामा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने

अन्ततः रवि बालेनको ऐतिहासिक मिलन ! ७ बुँदे सम्झौतामा के छ ? Read More »

मध्यरातमा रवि र बालेनको महत्वपूर्ण भेटघाट, बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवार !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । नख्खु कारागारबाट निस्किएलगत्तै उनले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका हुन् । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए । शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । भोलिपल्ट (आइतबार) पार्टी कार्यालयमा

मध्यरातमा रवि र बालेनको महत्वपूर्ण भेटघाट, बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवार ! Read More »

एमालेको ११ औं महाधिवेशन आज

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता

एमालेको ११ औं महाधिवेशन आज Read More »

उज्यालो नेपाल पार्टीको घोषणापत्र : संविधान संशोधनका ७ बुँदे एजेन्डा, पार्टीको प्राथमिक लक्ष्य के ? (पूर्णपाठ)

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमका बिच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ। २०८२ सालको नवयुवा (जेनजी) विद्रोहको जगमा स्थापना भएको दाबी गर्ने यस पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र

उज्यालो नेपाल पार्टीको घोषणापत्र : संविधान संशोधनका ७ बुँदे एजेन्डा, पार्टीको प्राथमिक लक्ष्य के ? (पूर्णपाठ) Read More »

Scroll to Top