कला/संस्कृति

किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । मार्गशीर्ष शुक्ल […]

किराँत समुदायले उभौली पर्व मनाउँदै Read More »

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक विदा

काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् । जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने गौतम बुद्धको पवित्र जन्मभूमि क्षेत्र लुम्बिनीमा विभिन्न कार्यक्रम

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक विदा Read More »

पूर्वराजा ज्ञानेन्द्र शाह पुगे पाटन दरबार घुमघाममा

ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । उनले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे । उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए ।

पूर्वराजा ज्ञानेन्द्र शाह पुगे पाटन दरबार घुमघाममा Read More »

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मन्दिरमा भव्य मेला

काठमाडौं । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ  । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन पर्दछ । मातातीर्थ औंसीका दिन आज आमालाई मनपर्ने

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मन्दिरमा भव्य मेला Read More »

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ । हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम Read More »

आज राम नवमी पर्व मनाइँदै, तिथिका कारण ८१ मा दुईवटा रामनवनी पर्व

काठमाडौं । चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरी श्रद्धा,  भक्ति र उल्लासपूर्ण रुपमा मनाइँदैछ। आज भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ। विशेषगरी मधेश प्रदेशको जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनहरुको घुइँचो लागेको छ। यस्तै,बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट

आज राम नवमी पर्व मनाइँदै, तिथिका कारण ८१ मा दुईवटा रामनवनी पर्व Read More »

आज चैते दशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दैशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्। चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र

आज चैते दशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै Read More »

बिस्का जात्रा : सुजनले दोस्रोपटक छेडे जिब्रो (फोटोसहित)

मध्यपुरथिमि | मध्यपुरथिमिको बोडे जात्रामा सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। नयाँ वर्ष उत्सवका रूपमा वैशाख २ गते मनाइने बिस्काः जात्राको अवसरमा सुजनले जिब्रो छेडेका हुन्। अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए। २८ वर्षीय सुजन बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। त्यसअघि उनका दाइ कृष्णचन्द्र बाग श्रेष्ठले बाह्रपटक जिब्रो छेडाएपछि बुद्धकृष्णले जिम्मेवारी सम्हालेका थिए। जुजुभाइ

बिस्का जात्रा : सुजनले दोस्रोपटक छेडे जिब्रो (फोटोसहित) Read More »

मिथिलाञ्चल मधेश क्षेत्रमा आज जुडशीतल पर्व मनाईंदै

जनकपुरधाम । मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन् । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको

मिथिलाञ्चल मधेश क्षेत्रमा आज जुडशीतल पर्व मनाईंदै Read More »

इस्लाम धर्मावलम्बीहरूले ईद पर्व : ईद मुवारक (फोटोफिचर)

काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक

इस्लाम धर्मावलम्बीहरूले ईद पर्व : ईद मुवारक (फोटोफिचर) Read More »

Scroll to Top