उपत्यका

नगर प्रहरीको लठ्ठी खाने एमाले कार्यकर्ता रहेको मेयर बालेनको दाबी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीको लठ्ठी खाने कुनै फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता रहेको दाबी गरेका छन् । मयेर शाहले नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको बताएका छन्। सुरुमा नगर प्रहरीमाथि रडले आक्रमण भएपछि प्रतिरक्षाका लागि बाध्य भएर उनीहरूले बल प्रयोग गरेको मेयर शाहको तर्क छ […]

नगर प्रहरीको लठ्ठी खाने एमाले कार्यकर्ता रहेको मेयर बालेनको दाबी Read More »

विपन्न नागरिकको निःशुल्क उपचार गर्ने प्रावधान लागू गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न परिवारको निःशुल्क उपचार गर्ने कानूनी प्रावधान कार्यान्वयनमा कडाइ गरेको छ । अस्पतालहरूले बेड क्षमताको १० प्रतिशत बेड विपन्न नागरिकका लागि छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ । तर, यस्तो व्यवस्थाको कार्यान्वयनमा अस्पतालहरुले चासो दिएका छैनन् भने नियमनकारी निकायले समेत नियमित अनुगमन गर्दैनन् । काठमाडौं महानगरपालिकाले भने आफ्नो क्षेत्रका अस्पतालहरूमा

विपन्न नागरिकको निःशुल्क उपचार गर्ने प्रावधान लागू गर्दै काठमाडौं महानगर Read More »

काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा

काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार छिटपुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ । काठमाडौंसहित अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ

काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा Read More »

ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ । वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निणर्य सुनाएको थियो । महानगरपालिकाले अदालतले जफत गरेको

ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह Read More »

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छ  : उपप्रमुख डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्ने बताएकी छिन् । शुक्रबार नेपाल कला परिषद्मा चित्रकार बिजेन्द्रको कला प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सबैले आफूभित्र रहेको कलाकारितालाई व्यूँताउन आवश्यक रहेको बताइन् । बिजेन्द्रको सबैले आफूभित्र रहेको कलालाई सम्मान गर्दै अगाडी बढ्नुपर्ने सन्देश उक्त कला प्रर्दशनीले दिएको उपप्रमुख डङ्गोलको भनाइ

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छ  : उपप्रमुख डङ्गोल Read More »

खुलामञ्चबारे बोले बालेन, ‘भ्रमको पछि नलागौं’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबोसहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखःद भएको बताएका छन् । उनले लेखेका छन्,

खुलामञ्चबारे बोले बालेन, ‘भ्रमको पछि नलागौं’ Read More »

बालेन्द्र शाह वडाध्यक्षहरुसँग रुष्ट, ‘चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कर्मचारी स्वयम्ले आफूले गलत गरेको लिखितरूपमै स्विकार्दा समेत वडाध्यक्षहरु बचाउने खेलमा लागेको आरोप लागएका छन् । कार्यपालिकाको मंगलबारको बैठकमा बोल्दै प्रमुख शाहले आफूले कारबाहीका लागि कुरा उठाउँदा मेयरले एकलौटी गर्न पाइदैन भनेर छोप्न खोजेको भन्दै असन्तुष्टि पोखे । ‘यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन

बालेन्द्र शाह वडाध्यक्षहरुसँग रुष्ट, ‘चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ’ Read More »

टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण

काठमाडौं ।  भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौंको थापाथली – टेकु दोभान क्षेत्रमा नदी किनारमा रहेका १३ वटा सम्पदाको पुननिर्माण भएको छ । एसियन बैंकको ऋण सहायतामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजनाअन्तर्गत भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण गरेको हो । परियोजनाले तीन चरणमा पुनःनिर्माण, सबलीकरण र रेक्ट्रोफिटिङको काम गरेको छ । सो कार्यमा

टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण Read More »

जग्गा विकासको नक्सा सच्याउनुपर्छ : उप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास (गाइडेड ल्यान्ड डेभलपमेन्ट–जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने बताएकी छन् । उपप्रमुख डंगोलको अध्यक्षतामा बिहीबार पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा कार्य गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठक भएको थियो । बैठकमा उनले यसअघि फिल्ड भिजिट नगरी बनाइएको नक्सालाई सच्याउनुपर्ने बताइन

जग्गा विकासको नक्सा सच्याउनुपर्छ : उप्रमुख डंगोल Read More »

बालेन्द्र साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो । समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार,महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन्  ।

बालेन्द्र साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन Read More »

Scroll to Top