उपत्यका

सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते

काठमाडौँ । काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले  ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । घटनास्थलमा रहेका  नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी […]

सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते Read More »

काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ । मेयर बालेन्द्र शाह (बालेन)ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले

काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै Read More »

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे बिहीबार महानगर

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे Read More »

राजुनाथ पाण्डेको पक्षमा किन जारी भयो आदेश ?

काठमाडौं । उच्च अदालत पाटनले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । दुवै पक्षको सुनुवाइपछि जारी भएको उच्च अदालतको त्यो आदेश रिट निवेदनको टुंगो नलागेसम्म निरन्तर कार्यान्वयन हुनेछ । उच्च अदालतको आदेशपछि नगर प्रहरी प्रमुख पाण्डे तत्काल काममा फर्किन पाउनेछन् । उनको ठाँउमा अर्को व्यक्तिलाई नगर

राजुनाथ पाण्डेको पक्षमा किन जारी भयो आदेश ? Read More »

काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ । वर्षायाममा

काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक Read More »

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । ‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी Read More »

जेठ १८ गतेदेखि बालाजु पौडी पोखरी सबैका लागि खुला गरिने

काठमाडौँ । आउँदो हप्ताको आइतबार (जेठ १८) गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिए । पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले नेपाल पौडी संघसँग

जेठ १८ गतेदेखि बालाजु पौडी पोखरी सबैका लागि खुला गरिने Read More »

काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ । भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र

काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता Read More »

कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

। कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्दै साइकल खोस्ने नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नै खोसेर अमर्यादित ढङ्गले व्यवहार गरेको भन्दै नगर प्रहरीलाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका हुन् । पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा

कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही Read More »

काठमाडौं नगरप्रहरीले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले बिहान ११ बजे प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आउने बताएका थिए । “अहिले ११ बजे महानगरमा आउँदै हुनुहुन्छ । तर, कार्यकक्षमा छिर्न

काठमाडौं नगरप्रहरीले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला Read More »

Scroll to Top