उपत्यका

पलेशा गोवर्धनलाई काठमाडौं महानगरले दियो ५ लाख

काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् । बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो […]

पलेशा गोवर्धनलाई काठमाडौं महानगरले दियो ५ लाख Read More »

आज गाईजात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ । वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा

आज गाईजात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा Read More »

काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो । ‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर

काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’ Read More »

लायन्स क्लव काठमाडौंका नवनिर्वाचित पदाधिकारीले गरे पदस्थापना

काठमाडौं । लायन्स क्लव काठमाडौं, लियो क्लब मीनभवन र सिष्ट लायोनटिक २०२४-२५ का नव  निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइएको छ । पदाधिकारीहरुलाई डिस्ट्रिक ३२५ डि गर्भनर लायन सुरेन्द्र प्रकाश वलायेले पदस्थापना गराएका हुन् । २०८१ साउन १८ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको विशेष अथिति एवम जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाको प्रमुख

लायन्स क्लव काठमाडौंका नवनिर्वाचित पदाधिकारीले गरे पदस्थापना Read More »

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीले फेरि अवरोध गरेका छन् । शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम  र कालोपत्रे भत्काउन सुरु गरेको थियो । तर

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध Read More »

काठमाडौं महानगरले सुरु गर्यो स्वर्णिम योजना ‘साथी महानगर’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज(विहीबार)देखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ । गएको बर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन् । सर्वेक्षण सुरु

काठमाडौं महानगरले सुरु गर्यो स्वर्णिम योजना ‘साथी महानगर’ Read More »

उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (फोटो फिचर)

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ । मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो । यसअघि महानगरपालिकाले फुटपाथ सुधारका लागि भन्दै सडक भत्काउन थालेको थियो । तर, डिभिजन सडक

उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (फोटो फिचर) Read More »

काठमाडौं महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए : प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् । महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका छन् । ‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार

काठमाडौं महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए : प्रमुख शाह Read More »

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ । अदालतका

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो Read More »

काठमाडौं उपत्यका भित्रका नदीहरुमा पानी बहाव उच्च

काठमाडौं । हिजो (शुक्रबार) देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुवानमा परेका छन् । पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको

काठमाडौं उपत्यका भित्रका नदीहरुमा पानी बहाव उच्च Read More »

Scroll to Top