उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (फोटो फिचर)


काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ । मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो ।

यसअघि महानगरपालिकाले फुटपाथ सुधारका लागि भन्दै सडक भत्काउन थालेको थियो । तर, डिभिजन सडक कार्यालयले हस्तक्षेप गर्दै महानगरले भत्काएको सडक पुरेको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार अन्तरिम आदेश आएपछि काम फेरि शुरु भएको हो । आदेश दिएसँगै महानगरले आज बिहानैदेखि फेरि सडक भत्काउन शुरु गरेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top