उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो


काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो ।

त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ । अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top