लोकतन्त्र टाइम्सले आफ्नो पहिलो वर्ष पुरा गरेको छ !


काठमाडौं । लोकतन्त्र टाइम्सले आज आफ्नो पहिलो वर्ष पुरा गरेको छ । एक वर्ष अघि, २०८० को माघ ५ गते लोकतन्त्र टाइम्स को शुभारम्भ भएको थियो । यस एक वर्षको अवधिमा हामीले नेपाली समाज, राजनीति र समसामयिक परिवेशलाई टेकेर सम्बन्धित विविध विषयमा समाचार, रिर्पोटिङ, प्रत्यक्ष प्रसारण, अन्तर्वार्ता, टिप्पणी र विश्लेषण प्रस्तुत गर्दै हाम्रा दर्शक र पाठक बीच विश्वास जित्न प्रयास गर्यौं।

‘हामी बोल्छौँ सडकदेखि सदनसम्मको मुद्दा’ भन्ने मूल नारासहित लोकतन्त्र टाइम्सले आफ्नो सुरुवाती स्रोत साधनले भ्याएसम्मको समाचार दिँदै आएको छ । यस एक वर्षको अवधिमा लोकतन्त्र टाइम्सले नेपालका प्रमुख राजनीतिक, सामाजिक, अर्थ, मनोरञ्जन, स्वस्थ, शिक्षा, खेलकुदलगायतका विषय वस्तुहरूलाई प्रकाश पर्ने गरि महत्वपूर्ण समाचार र विचारहरू प्रस्तुत गर्यो । देशको प्रगति र परिवर्तनको मार्गमा योगदान पुर्याउने उद्देश्य राख्दै, नेपाली लोकतन्त्रको जटिलताहरू र चुनौतीहरूलाई ध्यानमा राखेर हामीले समाचार र विचारविमर्श गरिरहेका छौँ

लोकतन्त्र टाइम्सको पहिलो वर्षको सफलतासँगै, यो संस्थाले नेपाली मिडियाको क्षेत्रमा विश्वसनीयता, तथ्यपरक, सन्तुलित, पारदर्शीता र जिम्मेवारी बोध गर्दै गराउँदै आफ्नो स्थान मजबुत बनाउन थप अग्रसरता गरिरहनेछ । हामीले विभिन्न सामाजिक र राजनीतिक क्षेत्रका विश्लेषक, पाठक र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छौँ साथै तपाईंहरूको सुधारक प्रतिक्रिया लिन हामी सँधै तम्तयार छौँ

लोकतन्त्र टाइम्सको टिम, नेतृत्व र पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता देखाइरहेको छ, जसले भविष्यमा पनि हाम्रो दर्शक एवं पाठकहरूलाई समाचारको विश्वसनीयता र गहिरो विश्लेषण प्रदान गर्न जारी राख्ने अपेक्षा गरेका छौँ।

यो एक वर्षको यात्रा लोकतन्त्र टाइम्सको एउटा सुरुवाती अनुभव मात्र नभएर देशको डिजिटल मिडिया र पत्रकारितालाई नियाल्ने वर्ष बनेको छ । पत्रकारिताको सिद्धान्त, मूल्य मान्यतालाई डिजिटल माध्यमबाट पनि उत्तिकै आत्मसाथ गरेर हामी अघि बढ्ने प्रतिवद्धता समेत जनाउँदै छौँ र साँचो पत्रकारिताको महत्त्वलाई पुनः पुष्टि गर्दै, मिडिया क्षेत्रको सुधार र प्रगतिको लागि हाम्रो तर्फबाट महत्वपूर्ण कदम चालिरहने छौँ । लोकतन्त्र टाइम्स हेर्दै र पढ्दै गर्नुहोला किनकी हामी बोल्छौँ सडक देखि सदनसम्मको मुद्दा ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top