कस्तो रहनेछ आज दिनभरिको मौसम?


काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

आइतार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक बदलीको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दूई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानाकारी दिएको छ। बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहनेछ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न महाशाखाले बताएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top