रोड टु युएफसीको सेमिफाइनलमा नेपाली फाइटर रवीन्द्र ढाँट


काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान बनाएका छन्।  चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले अन्तिम चारमा स्थान सुरक्षित गरे।

रवीन्द्रले किम्बर्टलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट (टीकेओ) गर्दै नतिजा आफ्नो पक्षमा पारे। जितसँगै उनी रोड टु युएफसीको कुनै पनि खेल जित्ने पहिलो नेपाली खेलाडी बने। जितले २७ वर्षीय रवीन्द्रको व्यावसायिक करियरमा १०औँ जित पुर्याएको छ।

प्रतियोगिताको सुरुवातमा उनको प्रतिस्पर्धा म्याटी इआनसँग हुने तय भए पनि इआन घाइते भएपछि अन्तिम समयमा फिलिपिन्सका किम्बर्टसँग खेल गराइएको थियो।

यसअघि भारतको मेट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनिसकेका रवीन्द्रले यो प्रतियोगिताको उपाधि जितेमा विश्वकै प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) मा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top