तेक्वान्दो प्रतियोगिताका लागि भारतमा निशान्त र शान्तकुमारलाई स्वर्ण


काठमाडौं । भारतमा भएको गुडविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका खेलाडीहरुले २ स्वर्ण र ३ रजत पदक जितेका छन् । पीएल रोय इन्डोर स्टेडियम कोलकातामा भएको प्रतियोगितामा जुनियर ग्यारोगी ५९ केजीमुनि फाइनलमा निशान्त लामिछानेले भारतका प्रतीकलाई हराएर स्वर्ण जिते ।

६८ केजीमुनि नेपालका आस्तिक नकर्मीले भारतका यश तिर्थो र शान्तकुमार रानामगरले भारतकै शिशिरलाई सेमिफाइनलमा पराजित गरी फाइनल पुगे । फाइनलमा आस्तिकलाईं पराजित गरी शान्तकुमारले स्वर्ण पदक जिते ।

आस्तिकले रजत, जुनियर ५५ केजीमुनि नेपालका जयराम बिक र महिला सिनियरमा आरती सिंखवालले रजत जिते । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १ सय ३२ खेलाडीले भाग लिएका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top