तुल्सीलाल स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु


काठमाडौँ । तुल्सीलाल स्मृति राष्ट्रिय क्लब बुद्धिचाल च्याम्पियनसिप २०८० सुरु भएको छ । सोमबारदेखि ललितपुरमा सुरु भएको च्याम्पियनसिप २८ गतेसम्म लिगकम नकआउट आधारमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको खेलकुद प्रतियोगिताको हबका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले भने,‘ नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको खेलकुद प्रतियोगिताको एउटा हवको रुपमा विकास गर्न आवश्यक छ ।’ उनले नेपाल इतिहासमा हेर्ने हो भने चेस(बुद्धिचाल) निकै पुरानो मौलिक खेल भएपनि आज आएर आम खेलको रुपमा विकास भएकोमा खुशी व्यक्त गरे ।

प्रतियोगिताको विजेताले २ लाख रुपैंयाँ, दोस्रो हुनेले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साथै बोर्डमा प्रथम हुने चार जना खेलाडीले समान १० हजार रुपंैयाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरी चार समूह विभाजन गरिएको छ ।

प्रतियोगितामा साविक विजेता थापाथली चेसपार्क क्लब, मकवानपुर जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, सुदूर पश्चिम खेलकुद विकास परिषद्, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम,कास्की जिल्ला बुद्धिचाल संघ, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल संघ गरी २० टोलीको सहभागिता रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top