विपिनबारे परराष्ट्रमन्त्री: भगवान्‌सँग प्रार्थना गरौँ, हाम्रो छोरा सकुशल छन्, फर्किन्छन्


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा अझै कुनै जानकारी नआएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले जोशीको बारेमा अझै कुनै जानकारी नआएको र चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी हुन् ।

उनले भनिन,’हामीले सक्दो प्रयास गरेका छौँ। प्रधानमन्त्री, सभामुख पनि उहाँको रिहाइको लागि लाग्नु भएको छ। मैले कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु ।’

उनले दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्‍यो भन्ने खबर आए पनि जोशीको बारेमा कुनै जानकारी नआएको बताएकी हुन्।

‘दुई जना विदेशी नागरिक हराइरहेको भन्ने कुरा आएको छ। दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्‍यो भन्ने आएको छ,’ उनले भनिन्, ‘तर विपिन जोशीको बारेमा अझै केही आएको छैन। हामी सबै जनाले भगवानसँग प्रार्थना गरौँ। हाम्रो छोरा विपिन जोशी अहिले पनि सकुशल छन् र कुनै दिन नेपाल फर्किन्छन्। हामीले कुरा उठाइरहेका छौँ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top