सुर्खेतबाट हिँडेरै काठमाडौं आएका अभियन्ता बोहराले भेटे अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुर्खेतदेखि खाली खुट्टा हिँडेरै काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले भेटेका छन्।

अभियन्ता बोहराले अध्यक्ष प्रचण्डको निवास खुमलटारमै पुगेर सोमबार भेटेका हुन्। वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरूद्ध खबरदारी गर्न भन्दै बोहरा एक महिना लगाएर काठमाडौं आइपुगेका थिए।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने बताएको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष प्रचण्डले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताएका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न पनि आग्रह गरेका थिए।बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अभियानबारे बताएका थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top