देश दैडानको क्रममा राप्रपाको बृहत् विरोध सभा अब सुर्खेतमा !


काठमाडौं । राप्रपाले सुर्खेतमा विरोध प्रदर्शन गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्दै राजतन्त्रको नारा लगाउँदै राप्रपाले सुर्खेतमा बृहत् विरोध प्रदर्शन गर्दैछ। भण्डाफोर र्‍याली भन्दै थालिएको प्रदर्शनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने छन् । विरोध प्रदर्शनपछि सुर्खेत चोकमा आम सभा हुनेछ ।

यस अघि राप्रपाले गण्डकी प्रदेशमा फागुन ९ गते, लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५ गते सम्पन्न गरेको थियो ।

काठमाडौंको सभा भने पूर्वराजाको स्वागतसँग पनि जोडिएको थियो । फागुन २५ गते आइतबार भएको उक्त सभा प्रदर्शन अहिले मुलुकको राजनीतिमा प्रमुख चर्चाको विषय बनेको छ । जसमा गणतन्त्रवादी दलहरुले आलोचनात्मक टिप्पणी गरेका छन् ।

यद्यपी फागुन २५ लाई समीक्षा गर्दै राप्रपाले मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

अब पुनः बृहत् विरोध सभा यात्रालाई निरन्तरता दिँदै फागुन २७ गते कर्णाली सुर्खेतमा यस्तै सभा गर्न लागेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top