अध्यादेशलाई संसदमा अघि बढाउने सत्तारुढ दलको निर्णय, पास गर्न बहुमत पुग्ने दावी


काठमाडौँ । सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संसदमा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सवै दलहरुसंग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।

संघीय संसदमा रहेका सवै दलहरुसंग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाइ पारित गर्नका लागि बहुमत पुग्ने दावी गरे ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसंग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए । उनले भूमिसम्बन्धी अध्यादेश लगाएत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिष्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए ।

उनले संविधान संशोधनका लागि कांग्रेस-एमालेले कार्यदल बनाएर चरणबद्ध रुपमा काम गर्ने उल्लेख गरे ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top