अर्थमन्त्री पौडेल र मेयर आचार्य आधा दर्जन विशेषज्ञ डाक्टरको निगरानीमा, कस्तो छ स्वास्थ्य अवस्था ?


काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार  भईरहेको छ ।

प्रारम्भिक मूल्यांकनमा उनीहरुलाई ५ देखि ६ प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अनुहारमा जलन भएकोले स्वासनली तथा फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गनुपर्ने आवश्यकता देखिन्छ ।

उनीहरुलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको छ । मन्त्री पौडेल र मेयर आचार्यको उपचारमा प्रा.डा. वि.डी झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्रा.डा.शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली सहभागी छन् ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top