प्रहरी हाम्रो साथी कि जंगली हात्ती ? निलो बर्दीको आवरणमा गुण्डाराज !


काठमाडौं । मध्यरात सडकमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटै बुटले कुटेको भिडियो सार्वजनिक भएको छ। सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ‘ कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर’ भन्दै बुटै बुटले कुटिरहेका छन्।

उनले ती युवालाई बुटले खुट्टामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ। भिडियो पठाउने स्रोतले सो भिडियो चितवन भरतपुरको रहेको र कुट्ने प्रहरी गणेशथान चौकीको रहेको दाबी गरेका छन्।

कुट्ने नेपाल प्रहरी नै हुन् भन्ने भिडियोबाट प्रस्ट देखिन्छ। तर ती प्रहरी कहाँको हुन र उनको परिचय के हो भन्ने पुष्टि हुन सकेको छैन।

पुरा भिडियो हेर्नुस:

https://youtu.be/2b0U7C6EWOk?si=7Cu6Noe-sbva4Otx


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top