जनकपुरमा मिटरब्याजीविरूद्ध प्रदर्शन


जनकपुरधाम । जनकपुरमा ठगी तथा मिटरब्याजीविरूद्ध प्रदर्शन भएको छ। किसान मजदुर संघर्ष समितिको अगुवाइमा विभिन्न संगठनले ६ बुँदे मागसहित प्रदर्शन गरेका हुन् । जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहु/महाजनबाट भएका हिंसा तथा दुर्व्यवहारका घटनाको छानबिन गरी क्षतिपूर्ति तथा कारबाही हुनुपर्ने, शक्तिशाली कानुन निर्माण, पूर्णअधिकार सहितको आयोग गठन गर्नुपर्ने लगायत ६ बुँदे माग संघर्ष समितिले राखेको छ ।

धनुषा, महोत्तरीसहित प्रदेशका आठ जिल्ला र झापा, मोरङ, सुनसरी, रूपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौंसहित १६ वटा जिल्लाबाट सयौंको संख्यामा मिटरब्याज पीडितहरूले नाराजुलुस गरेका थिए । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केका मिटरब्याज पीडितहरू प्रदर्शन गर्दै मधेस प्रदेश भवन पुगेका थिए। उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई मागसहित ज्ञापनपत्र बुझाएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top