गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस, प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ-आफ्नो स्थानमा उठेका थिए । सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top