काठमाडौं । नेपाली काँग्रेस गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्नो अडान छोड्ने पक्षमा देखिदैन । जसकारण मगंलबार ११ बजे तोकिएको प्रतिनिधि सभा बैठक करिब बजेसम्म चल्न सकेन । काँग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री लामिछानेलाई कुनै पनि हालतमा छानबिनको दायरामै ल्याएरै छोड्ने संकेत गर्दै संसदीय छानबिन समिति गठन हुनैपर्ने बताएका छन् ।
आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको दाबी गरेका हुन् । ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ ।’
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ । बालुवाटर बैठकपछि करिब १ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा कांग्रेस अक्रमसमेत देखिएको छ भने सदन स्थगीत हुने वातावरण बनेको छ । सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।






