राष्ट्रिय हक्की प्रतियोगितामा सहभागी हुने कोशी टिमको विदाइ


विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो ।

प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी झापाकै छन् । प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १५ र १४ तथा भद्रपुर ९ पुँहातुबारीका हुन् । टिमको प्रशिक्षकमा दिपक खतिवडा र अफिसियलमा नेत्र तामाङ छन् ।

विदाइ कार्यक्रममा संघका अध्यक्ष मनोज बुढाथोकी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।

त्यस अवसरमा कोशी टिमकी कप्तान रञ्जना राजवंशीलाई जर्सी प्रदान गरिएको थियो । कोशीको टिममा सहभागी खेलाडीहरुमा रञ्जना राजवंशी (कप्तान), नैना राना मगर, अल्का राजवंशी, सीमा राई, अञ्जली पाहान, पूर्णिमा राई, मनिका समरिया, हरसिता कनोजी, मोरोमी बर्मनसलिना मर्डी, सविना राजवंशी, अञ्जली कर्मकार, सन्ध्या राई, सुप्रिया तिग र अनुप्रिया बेग छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top