जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक


काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो । पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन् ।

पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top