राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन


काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।

अपांगता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए ।  उनले ४ हजार ४१९ मत पाए ।  त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

प्रमुख प्रतिपक्षी दल एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपांगतातर्फ रामचन्द्र जोशीलाई उठाएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top