राष्ट्रिय सभा निर्वाचन : कृष्णप्रसाद सिटौला विजयी


विराटनगर । कोशीबाट राष्ट्रियसभा निर्वाचनमा ‘अन्य’ तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले माओवादीकी चम्पा कार्कीलाई हराएकी छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top