सुदूरपश्चिम

सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा

काठमाडौं । सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय […]

सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा Read More »

सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त

धनगढी । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत

सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त Read More »

सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयले सत्ता गठबन्धनमा निम्तिएको संकट तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई मुख्यमन्त्री नदिए गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली यु-टर्न भएका छन् । सुदूरपश्चिममा ओली र दाहालले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने बचनबाट पछि हटेका हुन् ।

सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न Read More »

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय Read More »

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । प्रदेशसभाका बहुमत सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । तर सत्ता गठबन्धन र कांग्रेस दुवैले बहुमत पुर्याउन नसकेर सरकार गठन हुन सकेको छैन । प्रदेशसभामा नागरिक

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी Read More »

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपांगता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए ।  उनले ४ हजार ४१९ मत पाए ।  त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन Read More »

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन २५ पुसमा हुने

धनगढी । सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले एक सूचना जारी गरी २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन २५ पुसमा हुने Read More »

Scroll to Top