कर्णाली

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हँुदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल  जोडीएपछि  मुगुका कृषकहरु खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरु मारमा परेका थिए । […]

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक Read More »

कर्णालीका चारजना मन्त्रीले आज सपथ लिने

काठमाडौं । नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चारजना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो । कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । शपथ

कर्णालीका चारजना मन्त्रीले आज सपथ लिने Read More »

कर्मचारीको हितमा बोल्नेलाई कारवाहीको तयारी !

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । प्रतिष्ठानमा बेथितिका विषयमा सार्वजनिक रुपमा बोलेको भन्दै उनलाई निलम्बन गर्नुपर्ने दबाब बढेको हो । प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारीहरु धेरैजसो काठमाडांै सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका

कर्मचारीको हितमा बोल्नेलाई कारवाहीको तयारी ! Read More »

जनयुद्ध दिवसमा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा

मुगु । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते ‘जनयुद्ध  दिवस’को नाममा  सार्बजनिक बिदा नभएको प्रष्ट पारिसकेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका हुन् । ‘२०५२ फागुन १ गतेबाट सुरु  भएको  जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै 

जनयुद्ध दिवसमा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा Read More »

कर्णालीमा बेटी सम्मेलन, मुख्यमन्त्री शर्माले भने – सिंहदरबारले दिने सेवा गाउँमै आएको छ

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बद्लिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर) द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुगेको बताए । ‘हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै

कर्णालीमा बेटी सम्मेलन, मुख्यमन्त्री शर्माले भने – सिंहदरबारले दिने सेवा गाउँमै आएको छ Read More »

हिमपात भएपछि किसान खुसी

मुगु । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतिक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानह यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ

हिमपात भएपछि किसान खुसी Read More »

कर्णालीमा औषधि उत्पादनको गृहकार्य थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र

कर्णालीमा औषधि उत्पादनको गृहकार्य थाल्न प्रधानमन्त्रीको निर्देशन Read More »

राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल ९दैलेख० ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत उज्ज्वल

राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित Read More »

कर्णालीको संमृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । ‘कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि छ । कृषिलाई ब्यवसायीकीकरण गर्ने हो भने कर्णालीको संमृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ,

कर्णालीको संमृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा Read More »

रुकुम पश्चिममा खाद्य सङ्कट, भूकम्पपछि भोकमारीको अर्लट

रुकुम । यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नरहने भएको छ । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो । गत भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्ला भर चार हजार

रुकुम पश्चिममा खाद्य सङ्कट, भूकम्पपछि भोकमारीको अर्लट Read More »

Scroll to Top