जनयुद्ध दिवसमा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा


मुगु । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते ‘जनयुद्ध  दिवस’को नाममा  सार्बजनिक बिदा नभएको प्रष्ट पारिसकेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका हुन् ।

‘२०५२ फागुन १ गतेबाट सुरु  भएको  जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै  सरकारी  तथा  गैरसरकारी संस्था विद्यालयलाई उक्त दिन सार्वजनिक  बिदा दिने निर्णय भएको’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ । फागुन १ मा सार्वजनिक बिदा नभएको संघीय गृहमन्त्रालयले सूचना नै जारी गरिसकेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top