खेलकुदमा अबका पूर्वाधार महिला र अपांगतामैत्री बन्ने


काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले अब बन्ने पूर्वाधारहरु महिलामैत्री र अपांगतामैत्री बन्ने बताएका छन् । काठमाडौंमा आइतबार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले सामाजिक चुनौतीदेखि लिएर प्राकृतिक चुनौती महिलाको अझ बढी हुने भन्दै अबको पूर्वाधारहरु त्यही हिसाबले बनाउने कुरामा जोड दिएका छन् ।

उनले भने, ‘मेरो महिला खेलाडीप्रति झन बढी सम्मान छ, उहाँहरुको लागि केही गर्न चाहन्छु किनभने पुरुष र महिलाको एउटै चुनौती छैन । सामाजिक चुनौतीदेखि लिएर प्राकृतिक चुनौती महिलाको अझ बढी छ । मैले अब बन्ने खेल पूर्वाधारहरु अनिवार्य महिलामैत्री हुनुपर्ने कुरामा जोड दिएको छु । र, अब बन्ने पूर्वाधार महिलामैत्री र अपांगमैत्री बन्छ ।’

यसको साथै, खेलाडीहरुको पुरस्कार रकम वितरण गर्न पाउदा खुसी लागेको भन्दै सहकार्यमा काम गर्ने हो भने सबै काम सम्भव हुने बताए । उनले भने, ‘अर्थमन्त्रीसँग पछि पछि लागेर मेरो खेलाडीको पैसा के भयो भनेर पनि म लागेको थियो । अरु नै यो खेलाडीहरुको पुरस्कारको कुरा मैले बोलेको छु यो पूरा गर्नुपर्छ भनेपछि अर्थमन्त्रीले पनि यसलाई सहजीकरण गर्ने काम भयो र आज यो सफल भएकोमा साँच्ची नै मलाई मेरो यो कार्यकाल सबैले प्रयास गर्ने हो भने सम्भव हुन्छ भन्ने कुरा मैले अनुभूति गरेको छु ।’

उनले यो सबैको सामूहिक उपलब्धी भएको भन्दै सबैलाई धन्यवाद पनि दिएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top