सिमित राजनीतिक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजनीतिक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन्दै, सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरे ।

उनले राप्रपाले पछाडि फर्कने कुरा नगरेको भन्दै अब नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

उनले भने,‘परिवर्तनको नाममा तपाईले जे व्यवस्था निर्माण गर्नुभयो त्यो गणतन्त्र होईन । अहिले जनताले के भन्छन् लुटतन्त्र हो । सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भयो त्यसैले अब देशलाई यहि अवस्थामा राख्न सकिँदैन् । राप्रपाले पछाडि फर्कने कुरा गरेको होइन् । अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्छ ।’

उनले टेरामक्स प्रविधि भित्रयाउले नाममा भ्रष्टाचार भएको कारण रोकिएको बताए । प्रविधि ल्याउनेकाममा र ल्याउन रोकेबापत पनि खाने, गरेको भन्दै योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ भन्दै उनले प्रश्न गरे ।

‘टेरामक्स एउटा प्रविधि भित्रयाउले प्रविधिले गर्ने थुप्रै काम छन् । अहिले दुरसञ्चार सम्बन्धि सेवा प्रदायक संस्थाहरुले जुन सेवा दिन्छु भनेको छ । त्यो गुणस्तरको सेवा दिएको छ कि छैन् । हामीले सेवा प्राप्त गर्यौं भनेर जुन रकम तिर्छौ त्यो बराबरको रकम प्राप्त गरेको छौं कि छैनौ. ।’

उनले भने,‘यो सबै हेर्ने प्रविधि हो टेरामक्स तर त्यो ल्याउने क्रममा नै भ्रष्टाचार भयो भनेर भित्रयाउन रोक ल्याईयो । ल्याउनेकाममा र ल्याउन रोकेबापत पनि खाने, ओहो ! यो भन्दा अर्को लुटतन्त्र के हुन सक्छ ?, चार वर्षदेखि मुद्दा छिनोफानो नगर्ने ? सांसद र मन्त्री फरार सूचीमा राखिदिने, विकास निर्माणको काम ठप्प छन् ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top