कि प्रधानमन्त्रीलाई संसदमा ल्याइयोस् कि मलाई संसद्‍बाट निकालियोस् : हर्क साम्पाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसदमाउपस्थित गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध गरे । प्ले कार्ड देखाएर प्रधानमन्त्रीको उपस्थिति संसदमा खोजे ।

सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि आफ्ना कुरा राखे । त्यसक्रममा उनले भने, ‘सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । यसकारणले म मागद गर्दछु – यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यस्लाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनकको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु ।’

कि संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई निकाल्नुपर्ने उनको आग्रह छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top