प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा हुन सकेन प्रश्नोत्तर कार्यक्रम !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भयो।  एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेबाट बसेको थियो।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

त्यसैगरी, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकको एजेन्डामा थियो।

त्यसमाथि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गृहकार्यमा लागेपछि संसदमा नयाँ रणनीति तय गर्नेमा रास्वपा देखियो । लामो समयदेखि भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसद बैठक अवरुद्ध गरिरहेका छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top