संसदको बैठक : बजेटसम्बन्धी विधेयक पारित गरिने, प्रधानमन्त्रीको सम्बोधन


काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ । प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदैछन् ।

सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top