सभामुखले आज पनि पेलेरै अघि बढाए संसद, वेलमा रास्वपा !


काठमाडौं । सभामुख देवराज घिमिरेले आज पनि पेलेरै अघि संसद्को बैठक अघि बढाएका छन् । आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच सभामुखले सभाको कामकारबाही अगाडि बढाएका हुन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल जारी रहेको छ ।

आफूहरुको आवाज नसुनेर सभामुखले सदनको कामकारबाही अगाडि बढाएको भन्दै रास्वपाले विरोध गर्दै आएको छ । आज पनि बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेका थिए ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन् ।

रास्वपा र राप्रपाका सांसदलाई आफ्नो कुरा राख्न दिएर सभामुखले सदनको कामकारबाही अगाडि बढाए । त्यसपछि विरोधमा रास्वपाका सांसदहरूले उभिएर वेल घेराउ गरेका हुन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top