संसदमा थरीथरीका प्रतिपक्षी (फोटोहरु सहित)


काठमाडौं । हिजोसम्म प्रतिनिधिसभा बैठकमा दुई कित्ता प्रष्ट थियो । एउटा, सत्तापक्ष र अर्को, प्रतिपक्ष । तर, आज यो दृश्य एकाएक फेरियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध थियो । प्रतिपक्षीहरू एकढिक्का थिए ।

आज सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे समझदारी भयो । माओवादीले सदन खुलाउन नेकपा एकीकृत समाजवादीलाई समेत बोकेर उक्त समझदारी गरेको थियो । लगत्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असहमति प्रकट गर्‍यो ।

यसैबीच, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सञ्चालन गरे ।

सुरुमै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । जनताका समस्या समाधान गर्नेगरी सदन खुलाउन समझदारी भएको जानकारी उनले संसद्लाई गराए ।

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोले । उनले माओवादीले लुटतन्त्र फैलाउन सत्तासँग समझदारी गरेको आरोप लगाए । लगत्तै, बोलेका रास्वपा सांसद मनीष झाले भने आफूहरूको आन्दोलन कायमै रहेको र गृहमन्त्रीविरुद्धका प्रमाण यथेष्ठ रहेको जानकारी गराए ।

यसरी आजको संसद् बैठकमा सम्बोधन गरेका यी सबै प्रतिपक्षी दलहरू यसअघि एकैसाथ उठेर गृहमन्त्रीको राजीनामा माग गरिरहेका हुन्थे । प्रतिपक्षीहरूमध्ये माओवादी केन्द्र आज विरोधमा उत्रिएन । रास्वपा सुरुमा नाराबाजी गर्‍यो । राप्रपाले बोल्दा मौन रह्यो । गृहमन्त्रीले बोल्दा नाराबाजीमै उत्रियो ।

अन्य प्रतिपक्षीहरू चित्रबहादुर केसी, प्रेम सुवाल र प्रभु साह भने रमितेजस्तो बनेर हेरिरहे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top