आइपिएलको उपाधि नजिक बैंगलोर (आरसिबी), नौ वर्षपछि फाइनलमा


काठमाडौं ।  रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। बिहीबार भएको क्वालिफायर खेलमा पञ्जाबलाई हराउँदै आरसिबी उपाधि नजिक पुगेको हो।

बलिङ र ब्याटीङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको बैंगलोरले पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो। सुरुमा ब्याटीङ गरेको पञ्जाब १०१ रनमा अलआउट हुन पुगेको थियो। बैंगलोरले १० ओभरमै सहजै लक्ष्य पुरा गरेको हो ।

बैंगलोर तीन पटक आइपिएलको फाइनलमा पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । पछिल्लोपटक सन् २०१६ मा आरसिबी फाइनलमा पुगेकोमा हैदराबादसँग ८ रनले पराजित भएको थियो। त्यस्तै, २००९ र २०११ मा पनि फानलमा पुगेर पराजित भएको थियो ।

आइपिएलको प्लेअफमा अब शुक्रबार गुजरात र मुम्बईबिच एलिमिनेटर खेल हुँदैछ। सो खेलमा विजयी टिमसँग पञ्जाबले दोस्रो क्वालिफायर खेल्नेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top