भारत-पाक तनावबारे बोल्यो नेपाल, अन्ततः भारतलाई साथ !


काठमाडौं ।  भारत-पाक तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो धारणँ सार्वजनिक गरेको हो।

विज्ञप्ति मा मन्त्रालयले लेखेको छ, “२०२५ अप्रिल २२ मा भारतको पहलगाममा निर्दोष पर्यटकमाथि भएको आतंकवादी हमलामा एक नेपालीले पनि आफ्नो अमूल्य जीवन गुमाएपछि भारत र पाकिस्तानबीच बढ्दै गएको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित छ । यस दुःखद घडीमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका छन् ।

स्मरण रहोस्, नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान राख्दै उक्त बर्बर आतंकवादी हमलाको तत्काल र स्पष्ट रूपमा निन्दा गरेको थियो । आतंकवादविरुद्धको लडाइमा नेपाल सबैको साथमा छ । आफ्नो सैद्धान्तिक अडानअनुसार नेपालले कुनै पनि शत्रु शक्तिलाई आफ्नो भूमि छिमेकी राष्ट्रहरूविरुद्ध प्रयोग गर्न दिने छैन। नेपालले तनाव कम हुने आशा राखेको छ र यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।”

भारत पाकिस्तानबीचको युद्धमा नेपालको धारण के छ भन्ने निकै चसो रहेको बेला मन्त्रालयले आफ्नो धारण प्रष्ट पारेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top