काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छालफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको पौडेल बताउँछन् ।
`सरकार ढल्छ भन्ने भ्रमपूर्ण प्रचारको कुनै तुक छैन, बाहिर भएको हल्लाजस्तो केही छैन भन्ने नै दुवै नेताबीच मोटामोटी सहमति छ,´ अर्थमन्त्री पौडेलले भने ।






