घट्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल  र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top