बालेनको धम्की – एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् ।

मेयर शाहले सरकारप्रति आक्रोश पोखेका छन् । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै आर्थिक कारोबार रोकिएपछि उनले संघीय सरकारप्रति चर्काे असन्तुष्टि जनाएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टुकुचामा गाडिदिनेसमेत धम्की दिएका छन् ।

उनले लेखेका छन्:

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’

उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top