उच्च अदालत परिसरबाट रवि लामिछाने – ‘गेट रेडी फर द रेभोलुशन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार अवस्थामा रहन आग्रह गरेका छन् । शुक्रबार आफूविरुद्धको काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिने क्रममा उनले सो अभिव्यक्ति दिएका हुन् ।

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको बताए । उनले भने, ‘म यहि सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको छु । यो सरकारको लाज छोप्नु छ । ठाउँठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार अवस्थामा रहन आग्रह गरेका छन् । शुक्रबार आफूविरुद्धको काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिने क्रममा उनले सो अभिव्यक्ति दिएका हुन् ।

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको बताए । उनले भने, ‘म यहि सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको छु । यो सरकारको लाज छोप्नु छ । ठाउँठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’

त्यस्तै लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको र यो गम्भिर हुने समय रहेको बताए । ‘यो देशको भविष्य, मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदै छ । त्यही भएर यो एकदमै गम्भिर हुने बेला हो । यो २ तिहाईको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त  । उसले के बाचा गरेको थियो ?’, लामिछानेले थपे, ‘म एउटै कुरा स्मरण गराउँछु, मैले संसदमा के भनेको थिएँ भने, जब २ वटा ठूला राजनीतिक दलहरु बिना कुनै विषम परिस्थितिबिना मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ भन्ने तपाईँहरुलाई थाहा छ भने मैले भनेको थिएँ नि, अहिले म तपाईँलाई त्यही स्मरण गर्न अनुरोध गर्छु ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top