ज्ञानेन्द्र अलिकति टाउको निकाले जसो गर्ने, अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्दैछन्: प्रधानमन्त्री ओली


महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले अलिकति टाउको निकाले जसो गर्ने र अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्ने गरेको बताएका छन् । बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न। तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि,’ उनले भने, ‘चुनाव लड्नुसु, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्। मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ।’

देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोही र कोही जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने प्रणाली नहुने समेत प्रधानमन्त्री ओलीले बताए । नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । ‘उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,’ उनले भने, ‘संविधान अनुसार आउनुस्। पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्, आउनुस् पार्टी खोल्नुस्।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top